देशको अर्थतन्त्र बढाउने र त्यसमा आमजनताको पहुँच पुग्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-06-21
  • 05:17:19
  • शनिबार,आषाढ ०६, २०८३
  • देशको अर्थतन्त्र बढाउने र त्यसमा आमजनताको पहुँच पुग्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री महत

    देशको अर्थतन्त्र बढाउने र त्यसमा आमजनताको पहुँच पुग्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री महत

    काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट देशको अर्थतन्त्र बढाउने र त्यसमा आमनागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दाबी गरेका छन्।

    शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले बजेट संघीयता विरोध पनि नभएको जिकिर गरे। धेरै आम्दानी गर्नेहरूलाई करको दायरामा ल्याउने व्यवस्था बजेटमा गरिएको उनले उल्लेख गरे।

    “करको जुन हामीले व्यवस्था गरेका छौँ, यसले जो धेरै आम्दानी गर्छ, उनीहरू करको दायरामा आइराख्या छैनन्, उनीहरूलाई करको दायरामा ल्याउने काम गरिएको छ,” उनले भने। उनले त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटक पटक दोहोर्‍याए।

    शब्द जालभन्दा पनि आर्थिक वृद्धिलाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री महतको भनाइ थियो। उनले आगामी आर्थिक वर्षमा राजस्व बढ्ने दाबी गरे। राजस्व बढ्छ भन्ने अपेक्षाका साथ योजनाहरू बजेटमा उल्लेख गरिएको पनि उनले बताए।