नारायणगढ– मुग्लिन सडकको पहिरो हटाएर गाडी चल्न सुरू भएपनि ढुंगा खस्न रोकिएन - Chaitanya News
  • 2026-11-18
  • 12:51:16
  • बुधबार,मंसिर ०३, २०८३
  • नारायणगढ– मुग्लिन सडकको पहिरो हटाएर गाडी चल्न सुरू भएपनि ढुंगा खस्न रोकिएन

    नारायणगढ– मुग्लिन सडकको पहिरो हटाएर गाडी चल्न सुरू भएपनि ढुंगा खस्न रोकिएन

    चितवन — नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला नजिक बिहीबारदेखि खसेको पहिरो हटाइएको छ। पहिरो सफा गरेर शुक्रबार साँझ ५ बजेदेखि गाडी चल्न सुरू भएका छन्। तर माथिबाट ढुंगा झर्न नरोकिएका कारण होसियारीका साथ गाडी चलाउन भरतपुरको डिभिजन सडक कार्यालयले अनुरोध गरेको छ।

    पहिरो सफा हुनासाथ गाडी चल्दा माथिबाट खसेको ढुंगाले दुईवटा मोटरसाइकललाई लागेको थियो। मोटरसाइकल चालकहरूले भागेर ज्यान जोगाएको डिभिजन कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताए। हिजोदेखि नै सडकमा थुप्रै गाडी रोकिएका कारण पहिरो सफा भए पनि राम्रोसँग गाडी चल्न समस्या छ। झन् ढुंगा झर्न नरोकिएको हुँदा अर्को जोखिम पनि कायम रहेको प्रहरीले बताएको छ।