एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने परम्परा बनाऔँ : वरिष्ठ कलाकार श्रेष्ठ - Chaitanya News
  • 2026-05-24
  • 23:53:26
  • आइतबार,जेठ १०, २०८३
  • एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने परम्परा बनाऔँ : वरिष्ठ कलाकार श्रेष्ठ

    एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने परम्परा बनाऔँ : वरिष्ठ कलाकार श्रेष्ठ

    काठमाडौँ– अभिनेता किरण केसीले आफ्नो जन्मदिनको अवसरमा व्यङ्ग्यकवि शैलेन्द्र सिम्खडा र हास्य कलाकार शिवहरि वैरागी नेपाललाई सम्मान गरेका छन्। शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले जन्मदिनमा एकले अर्को कलाकारलाई सम्मान गर्ने कुराले जन्मदिन नेपाली कलाकारका लागि चाडको रूपमा परिवर्तन हुँदै गएकोले सबैले अनुसरण गर्नुपर्ने जिकिर गरे। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने कुरा परम्पराका रूपमा विकास हुनुपर्ने बताए।

    सरकारबाट पाउने सम्मान भन्दा एउटा कलाकारले अर्को कलकारलाई दिएको सम्मान आफ्नो लागि महत्त्वपूर्ण रहेको व्यङ्ग्य कवि सिम्खडाको भनाई छ। उनले सरकारको फारम भरेर, फोटो टाँसेर पाएको सम्मान भन्दा आत्मीय सम्मान ठुलो कुरा भएको बताए। उनले बाहिर बसेका मानिसलाई व्यङ्ग्य गरेर कुनै फाइदा नभएको पनि उल्लेख गरे।

    आफ्नो जन्मदिनको अवसरमा बोल्दै अभिनेता किरण केसीले आफूले आफ्नो विधाका मानिसलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। यो अभियान आफूले १४ वर्ष पहिलाबाट नै सुरु गरेको भन्दै आफ्ना क्षेत्रका कलाकारहरूलाई सम्मान गरेको जसमा दुई हास्य कलाकार र दुई कलाकारितामा दुई पत्रकारलाई सम्मान गर्ने गरेको उनको भनाई छ।