नेपालआयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचारी ठहर - Chaitanya News
  • 2026-11-16
  • 12:25:38
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपालआयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचारी ठहर

    नेपालआयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचारी ठहर

    काठमाडौं– विशेष अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ।

    विशेष अदालतले खड्कालाई १५ महिना कैदको फैसला गरेको छ भने ९ करोड १९ लाख रुपैयाँ बिगोसहित जरिवाना गर्न पनि विशेष अदालतले आदेश दिएको छ।

    खड्काको घर, जग्गा तथा बैंक ब्यालेन्ससमेत जफत गर्न विशेष अदालतले आदेश दिएको छ।

    न्यायाधीश श्रीकान्त पौडेल, शालिकराम कोइराला तथा खुशीप्रसाद थारुको इजलासको फैसलामा ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोकिएको छ। बिगोसहित उनलाई १८ करोड ३८ लाख १३ हजार २६८ रुपैयाँ जरिवाना सुनाइएको हो।