काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्सु खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई २ सय १४ रनको लक्ष्य दिएको छ।
जिम्बावेको क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का ४७ ओभर ४ बलमा २ सय १३ रनमा अलआउट भयो। श्रीलङ्काका धनञ्जय डी सिल्भाले सर्वाधिक ९३ रन र दिमुथ करुनारत्नेले ३३ रन बनाए। १३१ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थामा श्रीलङ्काका धनञ्जय र महेश थिक्सेनाले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गर्दै टोलीलाई सम्हालेका थिए। बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भान वीक र बास डी लिडेले ३–३ विकेट लिए।
श्रीलङ्काले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ।