भ्रष्टाचारमा संलग्न जस्तो सुकै दोषी कानुनको नजरबाट उम्कन सक्दैन :  मन्त्री शर्मा - Chaitanya News
  • 2026-11-18
  • 12:41:29
  • बुधबार,मंसिर ०३, २०८३
  • भ्रष्टाचारमा संलग्न जस्तो सुकै दोषी कानुनको नजरबाट उम्कन सक्दैन :  मन्त्री शर्मा

    भ्रष्टाचारमा संलग्न जस्तो सुकै दोषी कानुनको नजरबाट उम्कन सक्दैन :  मन्त्री शर्मा

    काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले भ्रष्टाचारमा संलग्न जस्तो सुकै दोषी कानुनको नजरबाट उम्कन नसक्ने बताएकी छन्।

    असार १२ गतेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले हाइप्रोफाइल पनि कानुनको दायरामा आउँछन् भन्ने स्थापित हुने दिशामा रहेको बताइन्। भ्रष्टाचारले प्रोफाइल र जेन्डर नछुट्याउने उनको भनाइ छ।

    “प्रमाण पुगेपछि घटनामा संलग्न दोषी कोही पनि उम्कदैनन्। चाहे हाइप्रोफाइल होस्, चाहे लो प्रोफाइल,” उनले भनिन्, “भ्रष्टाचार भ्रष्टाचार नै हो। न जेन्डर छुट्याउछ। न प्रोफाइल, केही छुट्याउँदैन।”