लोकतन्त्र बलियो बनाउने काममा सबै जुट्नुपर्ने आवश्यक : मन्त्री गुरुङ - Chaitanya News
  • 2026-11-16
  • 12:25:23
  • सोमबार,मंसिर ०१, २०८३
  • लोकतन्त्र बलियो बनाउने काममा सबै जुट्नुपर्ने आवश्यक : मन्त्री गुरुङ

    लोकतन्त्र बलियो बनाउने काममा सबै जुट्नुपर्ने आवश्यक : मन्त्री गुरुङ

    काठमाडौं– शहरी विकासमन्त्री सीता गुरुङले लोकतन्त्र बलियो बनाउने काममा जुट्नुपर्ने आवश्यकता रहेको बताएकी छन्।

    शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र बलियो नभइकन आदिवासी जनजातिको भावना र पहिचानलाई स्थपित गर्न नसकिने बताइन्।

    उनले लोकतन्त्र कमजोर हुँदा आवाज उठाउने ठाउँहरू पनि नहुने बताइन् । मन्त्री गुरुङले लोकतन्त्रलाई बलियो बनाएर मात्रै सबै योगदानको कदर गर्न सकिने बताइन्।

    ‘यदि यो मुलुकमा लोकतन्त्र नहुँदो हो भने, हिजो पञ्चायतकालकै व्यवस्थालाई मूल्यांकन गर्ने हो भने पनि हाम्रो संस्थागतरूपमा आवाज उठाउने, संस्थागतरूपमा अधिकारलाई स्थापित गर्नको लागि बोल्न पाउने अधिकार थिएन,’ उनले भनिन्, ‘जब ०४६ सालपछि लोकतन्त्र आयो, अनि मात्रै हामीले यस्ता अधिकार प्राप्त गरेका छौँ। लोकतन्त्र बलियो बनाउने कुरामा हामी सबै लाग्नुपर्छ। लोकतन्त्रभित्र मात्रै हाम्रो आदिवासी जनजातिहरूको भावना र पहिचानलाई स्थपित गर्न सकिन्छ।

    मन्त्री गुरुङले मन्त्रालयमा रहेर निष्पक्षताका साथ जनमुखी काम गर्ने प्रतिवद्धता पनि जनाइन्।