योगेश भट्टराईले भने : निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन - Chaitanya News
  • 2026-11-16
  • 12:31:49
  • सोमबार,मंसिर ०१, २०८३
  • योगेश भट्टराईले भने : निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन

    योगेश भट्टराईले भने : निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन

    काठमाडौं– नेकपा (एमाले)का सचिव योगेश भट्टराईले निषेधकारी र हिंसात्मक तरिका आफूहरूलाई मान्य नभएको बताएका छन्।

    बिहीबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा जाने क्रममा इलामबजारमा पहिचानवादीले कालो झन्डा देखाएर अवरोध गरेपछि भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोसी प्रदेशको समस्या हल नहुने बताएका छन्।

    हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ। उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन,” उनले फेसबुकमा लेखेका छन्, “एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोसी प्रदेशको समस्या हल हुँदैन।

    उनले एमाले वार्ता र संवादका लागि तयार रहेको समेत बताएका छन्।

    मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वयम् वहाँहरूका लागि पनि लज्जाको विषय हो ,” भट्टराईले लेखेका छन्।