११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 12:32:06
  • सोमबार,मंसिर ०१, २०८३
  • ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला : अध्यक्ष ओली

    ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताएका छन्। आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको उनले बताए।

    धान दिवसको कार्यक्रममा सहभागी हुन बिहीबार चितवन पुगेका उनले सञ्चारकर्मीहरुसँग भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको। अलिक दिन त्यसले पनि मार्केट पायो।

    अलिक पछि त्यो सुन नै नचढाएको भन्ने थाहा भएको उनले बताए। एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘अलिक पछि ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला तौलिएपछि । यो मेरो विषय हो र तपाईहरुले मलाई सोधेको?

    पशुपतिनाथमा सुनको जलहरी निर्माणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। छानबिनका क्रममा १० असारमा जलहरीको तौल र गुणस्तर मापन गरिएको थियो।