लहलह धान फलाउने किसानको असारे मिहिनेत - Chaitanya News
  • 2026-11-18
  • 12:41:04
  • बुधबार,मंसिर ०३, २०८३
  • लहलह धान फलाउने किसानको असारे मिहिनेत

    लहलह धान फलाउने किसानको असारे मिहिनेत

    काठमाडौं- यस वर्षको मनसुन सुरु भएसँगै किसानलाई यतिखेर धान रोपाइँको चटारो छ। यतिबेला खेतहरूमा धान रोप्ने किसानको लर्को देखिन्छ। यतिमात्रै होइन आज असार १५ गते।

    नेपालको प्रमुख खाद्यान्न बाली धानको रोपाई लाई प्रोत्साहन गर्ने असार १५ देशभर धान रोपाइ दिवस पनि मनाइँदै छ। असार १५ लाई नेपालीहरूले मानो रोपेर मुरी फलाउने दिनको रूपमा मानेर रोपाइ गर्ने गर्दछन्।

    नेपालका धेरै जनता खेती किसानी गर्छन्। हाम्रो देशको धेरै आम्दानी खेतीपाती र पशुपालनबाट हुन्छ। यसैले यो महिनाभर किसान खेतमै व्यस्त हुन्छन्। धान नेपालको प्रमुख खेती हो। अधिकांश नेपालीले दुई छाक भात खान्छन्। भात चामलबाट पाक्छ। धानबाट चामल बन्छ। यो असार महिना त हाम्रो भान्सासँग पनि जोडिएको छ।

    असारमा एक जना व्यक्तिले एक छाकमा एक मान खाने र त्यो दिन उसले एक मुरी अन्न फल्ने गरी काम गर्नुपर्छ भन्ने मान्यता पनि रहिआएको छ। त्यति मात्रै कहाँ होर? असारले मानिसलाई परिश्रमी बन्नु पर्ने सन्देश पनि दिएको हुन्छ। नेपाल सरकारले २०६० सालदेखि यो दिवस मनाउने घोषणा गरेको हो।

    यस दिनमा रोपाइ होसत्व मनाउन थालिएको छ। त्यतिमात्रै होइन यस दिन दही र चिउरा पनि खाइन्छ। वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन्। यो महिना आर्थिकसँग पनि जोडिएको छ। मकै, धान यही महिना उत्पादन हुन्छ। यो महिनामा धेरै झरी पर्ने भएकाले वनजंगल, खेतीपातीमा हरियाली देखिन्छ। घाँस पलाएर वनजंगल हराभरा भएका हुन्छन् यो देख्दा मन पनि त्यसै फुरुङ्ग भएर आउँछ। असारमा रोपेको धान कार्तिक, मङ्सिरमा पाक्छ। त्यसपछि काटेर बाली घरमा भित्र्याइन्छ। यो महिनामा किसानले धान रोप्ने, मकै लगाउने गरेर घरमा मुरी र अन्नको स्वागत गर्ने गर्छन् र उक्त रोपेको धान वर्षभरि खाने गर्दछन् ।

    धान मुख्य बाली मात्रै होइन, योसँग नेपालको संस्कृति पनि जोडिएको छ। असार, रोपाई, धान, रोपाहार, बाउसे, हलो, जुवा, जोतारा, फाली, कुलो, गोरु, ब्याड बिउ, हिलो, असारे गीत नेपालको संस्कृति हुन्। यता असारपछि बिस्तारै नयाँ वर्षका चाडपर्वहरू पनि सुरु हुन्छन्। असार महिना किसानका लागि निकै व्यस्तताको समय हो। मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन्। असार महिनाभित्रै रोपाइँ गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि रोपाइँमा व्यस्त हुनुपरेको हो।

    गाउँघरमा रोपाइ गर्दा रमाइलो पनि हुने गर्दछ। हिलो तथा गीत गाउँदै रमाइलो गर्दै रोपाराले मनोरञ्जन पनि गर्ने गर्दछन्। किसान महान् हुन्छन्। जसले दुनियाँको पेट भर्छन्।

    किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ ।