काठमाडौं– कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणवश रोकिएको हो।
प्रदेशसभा सचिव जीवराज बुढाथोकीले आगामी असार १७ गते बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिए।
‘आज बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले माननीय सभामुखज्यूले सभाको अर्को बैठक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम आगामी असार १७ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ,’ उनले भने।