काठमाडौं– अर्थमन्त्री डा. प्रकाश शरण महतले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न विदेशबाट ल्याइने प्याजमा कर लगाइएको जिकिर गरेका छन्।
आर्थिक विधेयक २०८० माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आलु र प्याजमा आत्मनिर्भर बन्नका लागि विदेशबाट आउने आलु प्याजमा कर लगाउने निर्णय गरिएको बताए।
‘आलुमा हामी आत्मा निर्भर छौं र प्याजमा पाि आत्मा निर्भर हुनै पर्छ । एकातिरबाट अनुदान सहुलियत अर्को तर्फबाट भन्सारबाट जो आउँछ कर लागाउँछौं।’ उनले भने, ‘प्रश्न उठेको छ आन्तरिक उत्पादनमा पनि त लाग्ने भो नी?त्यसको के हुन्छ?हाम्रा उत्पादकहरु साना साना छन्। ठुलो स्केलमा एउटैले उत्पादन गर्दैन्। सप्लाएरहरु पनि साना साना छन्। कृषक विभिन्न ठाउँमा छन्। उनीहरु भ्याटको परिधी भित्र आउँदैनन्।
अर्थमन्त्री महतले आन्तरिक उद्योग र कृषि उपजलाई प्रोत्साहन गर्ने सरकारी नीति रहेको जिकिर गरे।