सरकारले प्रस्तुत गरेको बजेटमा स्रोतहरु नै विश्वसनीय छैन  : एमाले सांसद गैरे - Chaitanya News
  • 2026-06-21
  • 03:08:04
  • शनिबार,आषाढ ०६, २०८३
  • सरकारले प्रस्तुत गरेको बजेटमा स्रोतहरु नै विश्वसनीय छैन  : एमाले सांसद गैरे

    सरकारले प्रस्तुत गरेको बजेटमा स्रोतहरु नै विश्वसनीय छैन  : एमाले सांसद गैरे

    काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरु नै विश्वसनीय नभएको दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।

    सांसद गैरेले भने, ‘यो सरकारले गरेका खर्चका अनुमानहरु नै तथ्यपरक छैनन्। प्राप्त गर्ने स्रोतहरू पनि विश्वसनीय छैनन्। अर्कोतर्फ यो गरिएको अनुमान नै गलत छ भनेपछि त्यसले दिने निष्कर्ष पनि स्वाभाविक रूपले गलत हुनेछ भन्ने मलाइ लाग्छ। त्यस कारणले यसबाट कुनै उपलब्धि हासिल गर्न सक्ने देखिँदैन। र, यसले जुन अनुमानित ६ प्रतिशत लक्ष्य लिएको छ। त्यो प्राप्त हुने देखिँदैन भन्ने कुरा म राख्न चाहन्छु। ’