अर्थमन्त्री महत भने् : जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ - Chaitanya News
  • 2026-06-21
  • 03:08:18
  • शनिबार,आषाढ ०६, २०८३
  • अर्थमन्त्री महत भने् : जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ

    अर्थमन्त्री महत भने् : जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ

    काठमाडौँ— अर्थमन्त्री प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन्। उनले भने, निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको छ।

    प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै अर्थमन्त्री महतले भयरहित तवरले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा सरकार स्पष्ट छ भने। उनले आफूले लोकतन्त्र र गणतन्त्र एवम् निर्वाचन पद्धतिका लागि लामो संघर्ष गरेको स्मरणसमेत गरे।

    जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालय हुँदा सरकारको प्रभाव पर्ने हो कि भन्ने पर्न गएकामा त्यसमा स्पष्ट पार्दै अर्थमन्त्री महतले भने, लोकतन्त्र, गणतन्त्र र विधिको शासनका पक्षमा लडेका हामीले निर्वाचनको निष्पक्षताका विरुद्ध उभिन्छौँ भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ। निर्वाचन कार्यालयहरु जिल्ला जिल्लामा छन्। ती कार्यालयहरु त्यसरी नै चल्नेछन्। कुनै आशंका नराख्न म अनुरोध गर्दछु।

    जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था यथावत् नै रहेको उनले सदनलाई जानकारी गराए। विगतको जस्तो व्यवस्था त्यस्तो हुँदा नै निर्वाचन आयोगको स्वतन्त्रता कायम रहने अर्थमन्त्री महतको भनाइ छ। त्यसअघि नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले निर्वाचन कार्यालयका सम्बन्धमा स्पष्ट व्यवस्था नभएको जनाउँदै सदनमा विरोध जनाएका थिए।