बजेटमा असन्तुष्टि जनाउँदै घोराही–८ का वडा अध्यक्ष जितेन्द्र शाहले दिए पदबाट राजीनामा - Chaitanya News
  • 2026-05-02
  • 20:59:28
  • शनिबार,बैशाख १९, २०८३
  • बजेटमा असन्तुष्टि जनाउँदै घोराही–८ का वडा अध्यक्ष जितेन्द्र शाहले दिए पदबाट राजीनामा

    बजेटमा असन्तुष्टि जनाउँदै घोराही–८ का वडा अध्यक्ष जितेन्द्र शाहले दिए पदबाट राजीनामा

    दाङ– घोराही उप(महानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष शाहले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

    आफ्नो वडामा बजेट नहालेको भन्दै शाहले मेयरसँग असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएको बताइएको छ।

    आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट वडामा बजेट नदिएपछि राजीनामा दिने निष्कर्षमा पुगेको उनले बताए।

    यसअघिको बजेट ल्याउँदा पनि राजीनामा दिने घोषणा गरेका उनले अन्तिममा राजीनामा भने दिएका थिएनन्। उनले अर्को निर्वाचनमा मेयरमा चुनाव लड्ने पनि बताए।