अर्थमन्त्री भन्छन् : हरेक सांसदलाई लागिरहेको छ, हाम्रो क्षेत्रकै बजेट कटाएछन् - Chaitanya News
  • 2026-05-02
  • 21:01:12
  • शनिबार,बैशाख १९, २०८३
  • अर्थमन्त्री भन्छन् : हरेक सांसदलाई लागिरहेको छ, हाम्रो क्षेत्रकै बजेट कटाएछन्

    अर्थमन्त्री भन्छन् : हरेक सांसदलाई लागिरहेको छ, हाम्रो क्षेत्रकै बजेट कटाएछन्

    काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले हरेक सांसदलाई आफ्नो क्षेत्रको मात्रै बजेट कटाइएको जस्तो लागेको बताएका छन्। मंगलबार प्रतिनिधि सभामा अर्थ मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा सो विषय उल्लेख गरेका छन्।

    ‘राजकुमार गुप्ताजीले मधेसको हरेक शीर्षकमा बजेट कटौती भएको छ भन्नुभएको छ’, मन्त्री महतले भने, ‘के लागिरहेको छ भने, जहाँ हामी छौं, हाम्रैचाहिँ कटौती भएछ भन्ने हामी सबैलाई लागिरहेको छ।’

    मन्त्री महतले साधन स्रोत थोरै भएको र आवश्यकताहरु धेरै भएको बताए। ‘त्यसमाथि केही विदेशी फन्डेड ठूल्ठूला आयोजनाहरु छन्। फोर लेन हाइबे, ठूल्ठूला योजनामा केन्द्रित छन्। केही हाम्रो आफ्नै राष्ट्रिय गौरवको आयोजना भनिएका पनि यो फास्ट ट्र्याक, कोशी मरिन डाइभर्सन, पश्चिममा भेरी डाइभर्सन, त्यस्तो त्यस्तोमा ९बजेट० गइरहेको छ। सबैलाई छुट्याउँदा बाँकी त यति ९थोरै० बच्दोरहेछ’, उनले भने।

    उनले सबै प्रदेशका सांसदहरुलाई आफूहरुले योगदान गरेको तर आफूहरुकै बजेट कटाएछन्, राख्दै राखेनछन् जस्तो लागेको बताए। ‘यो सबैतिर परिरहेको छ। त्यसकारण यसको एउटै सोलुसन भनेको हाम्रो खर्च गर्ने हाम्रो साइज बढाउनुपर्‍यो। खर्च गर्ने क्षमता बढाउनुपर्‍यो। त्यसतर्फ हामी केन्द्रित छौं’, उनले भने।