कृषि मन्त्री वेदुराम भुसाललाई सांसदको प्रश्नः विदेशबाट ल्याएको स्याउको विरुवा वितरणमा पक्षपात किन? - Chaitanya News
  • 2026-05-02
  • 21:01:11
  • शनिबार,बैशाख १९, २०८३
  • कृषि मन्त्री वेदुराम भुसाललाई सांसदको प्रश्नः विदेशबाट ल्याएको स्याउको विरुवा वितरणमा पक्षपात किन?

    कृषि मन्त्री वेदुराम भुसाललाई सांसदको प्रश्नः विदेशबाट ल्याएको स्याउको विरुवा वितरणमा पक्षपात किन?

    काठमाडौं– सांसद प्रेम सुवालले विदेशबाट ल्याएको स्याउको विरुवा वितरणमा पक्षपात भएको आरोप लगाएका छन्।

    कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसाललाई सांसद सुवालले विदेशबाट ल्याइएका स्याउको बोट वितरणमा भएको पक्षपात नरोकिएको भन्दै संसदमा ध्यानाकर्षण गराएका हुन्। उनले भने ‘विदेशबाट ल्याइएको स्याउको बोट वितरणमा पक्षपात किन रोकिएन? सत्ता पक्षको किसानलाई मात्र मल बिउ अनुदान, सहुलियत व्याजको ऋण दिनु पक्षपात हैन र? कृषि उत्पादनका विचौलियाहरु मन्त्रालयकै संरक्षणमा रहेका होइनन् र ?’

    त्यस्तै अर्का सांसद रामकृष्ण यादवले कृषकलाई समयमै मल तथा बिउ उपलब्ध गराउने आफ्नो दायित्वबाट सरकार विमूख भएको टिप्पणी गरे। ‘मल विउ समयमा उपलब्ध गराउने कुरा नीतिगत रुपमा सुन्दर र राम्रो ढंगल प्रस्तुत हुन्छ। व्यवहारमा संधै किसानले अभाव झनझट व्यहोर्नु परेको छ।’ उनले भने ‘जसले गर्दा कृषि उत्पादनमा ह्रास आएको छ। धान चामल आयात गर्नुपर्ने अवस्था छ। आत्मा निर्भर बनाउनको लागि सरकारको योजना के छ? तराई मधेशमा पानीको हाहाकार छ के छ यसमा सरकारको तयारी?

    सांसद हरी ढकालले नेपाल कृषि अनुसन्धान परिषद् नार्कको वेथिति रोक्न सरकारले प्रभावकारी भूमिका नखेलेको आरोप लगाए। ‘नेपाल कृषि अनुसन्धान परिषद् नार्कको बारेमा हामी जानकार छौं। त्यो वेथिति रोक्नुको सट्टा त्यहाँ ४० औं वरियतामा रहेका कर्मचारीलाई कार्यकारी प्रमुख बनाईएको रहेछ। यसबारे स्पष्टिकरण चाहन्छु। कृषि मन्त्रालयले हस्तक्षेप गरेर ४० औं वरियता क्रमको कर्मचारीलार्य कार्यकारी निर्देशक बनाएको छ।’

    त्यस्तै उनले किसानले बजार नपाएको भन्दै आक्रोशसमेत पोखे।