काठमाडौं– आईसीसी एकदिवसीय विश्व कप छनोटमा जिम्बावेले अमेरिकालाई ४ सय ९ रनको विशाल लक्ष्य दिएको छ।
घरेलु मैदान हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय ८ रन बनायो। जिम्बावेका कप्तान सेन विलियम्सले १ सय ७४ रन बनाए। उनले १ सय १ बलमा २१ चौका र ५ छक्का प्रहार गरे। यस्तै जोएलर्ड गुम्बीले ७८, सिकन्दर राजाले ४८ र रायन बर्लले ४७ रन बनाए। बलिङतर्फ अमेरिकाका अभिशेक परदकरले ३ र जेसी सिंहले २ विकेट लिए।
यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेको सर्वाधिक ठूलो योगफल हो। यस्तै हरारेमा एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनेको छ।