कोसी प्रदेश लोकसेवाले माग्यो आठौँ र सातौँ तहमा दरखास्त - Chaitanya News
  • 2026-11-16
  • 13:02:50
  • सोमबार,मंसिर ०१, २०८३
  • कोसी प्रदेश लोकसेवाले माग्यो आठौँ र सातौँ तहमा दरखास्त

    कोसी प्रदेश लोकसेवाले माग्यो आठौँ र सातौँ तहमा दरखास्त

    काठमाडौं –  प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

    प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर आठौँ तह र सातौँ तहका पदहरूमा आयोगले दरखास्त माग गरेको हो ।

    अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ ।

    न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने बताइएको छ ।

    ।

    11687739088.jpg21687740431.jpg