बल्छि धुर्बे, राजु मास्टरसहितका आठ कलाकार थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति - Chaitanya News
  • 2026-11-18
  • 11:28:55
  • बुधबार,मंसिर ०३, २०८३
  • बल्छि धुर्बे, राजु मास्टरसहितका आठ कलाकार थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति

    बल्छि धुर्बे, राजु मास्टरसहितका आठ कलाकार थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौं– काठमाडौं जिल्ला अदालतले गत जेठ ३२ गते वानएक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार तथा युट्युबरलाई थप पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

    यसअघि दुई पटक अदालतबाट म्याद थप गरेर अनुसन्धान गरेको प्रहरीले आज तेस्रोपटक म्याद थप गरेको हो।

    अनलाइनमार्फत विभिन्न खेलको बारेमा पूर्वानुमान गर्न लगाई मोटो रकम असुल्ने गरेको आरोपमा हास्य कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर) तथा बेगम नेपाली (भटभटे माइला) लगायत ८ जना कलाकार तथा युट्युबरहरु प्रहरीको हिरासतमा रहेका छन्।