घोराही उपमहानगरको ल्यायो २ अर्ब १५ करोड बजेट - Chaitanya News
  • 2026-05-02
  • 19:57:16
  • शनिबार,बैशाख १९, २०८३
  • घोराही उपमहानगरको ल्यायो २ अर्ब १५ करोड बजेट

    घोराही उपमहानगरको ल्यायो २ अर्ब १५ करोड बजेट

    दाङ– घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ।

    उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिबेशन मा नगर उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पूँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजारको बजेट प्रस्तुत गरिन्।

    उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि २ अर्ब ३२ करोड ९० लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको थियो।

    बजेटको स्रोतमा संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब १ करोड ९१ लाख ७० हजार , प्रदेश सरकारबाट ३९ करोड ९० लाख ७१ हजार र आन्तरिक स्रोत ३६ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको छ। त्यस्तै बैंक मैज्जात ३६ करोड रहेको छ।

    घोराहीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथामिकता राख्दै बजेटको बाँडफाँड गरेको छ। जसमा कृषिमा उत्पादन वृद्धि गर्न भन्दै सिँचाइ सुविधा विस्तारका लागि २ करोड ७१ लाख रुपैयाँ छुट्याइएको छ।

    त्यस्तै सडक कालोपत्रे, ग्राभेल तथा बाटो स्तरोन्नती, कल्भर्ट, सिँचाइ तथा खानेपानी, लगायतका पूर्वाधार विकासका तर्फ ५८ करोड ११ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    त्यस्तै उपमहानगरपालिका भित्रका डाक्टर–इन्जिनियर छात्रवृत्तिका लागि १६ लाख रुपैयाँ छुट्याएको छ।