ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट - Chaitanya News
  • 2026-05-02
  • 19:57:33
  • शनिबार,बैशाख १९, २०८३
  • ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट

    ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट

    काठमाडौं– ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ।

    महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट आएको हो।

    ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ।