काभा पुरुष भलिबलमा नेपाल सबै खेलमा पराजित - Chaitanya News
  • 2026-06-06
  • 15:44:42
  • शनिबार,जेठ २३, २०८३
  • काभा पुरुष भलिबलमा नेपाल सबै खेलमा पराजित

    काभा पुरुष भलिबलमा नेपाल सबै खेलमा पराजित

    काठमाडौं– नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको सबै खेलमा हार खेपेको छ।

    कीर्गिस्तानमा जारी काभा पुरुष भलिबल प्रतियोगितामा नेपाल लिग चरणका ६ वटै खेलमा पराजित भएको हो। आइतबार भएको आफ्नो अन्तिम अन्तिम तथा छैटौं खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो।

    बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा भएको खेलमा उज्वेकिस्तानले नेपालमाथि २५–२१, २५–२२, २५–२३ को नतिजा निकालेको हो। यसअघि नेपाल पहिलो खेलमा मंगोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान, तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौ खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टिमसँग पराजित भएको थियो।

    लिगमा नेपालसहित आयोजक किर्गिस्तानको दुई, इरान, मंगोलिया, तुर्किमिनिस्तान र उज्वेकिस्तान गरी सात टिमको सहभागिता रहेको थियो।

    सिङ्गल राउन्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ। लिगको तेस्रो र चौथो टिमबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने ।