काठमाडौँ — काठमाडौं महानगरपालिकाले हरियाली प्रबर्द्धनका लागि ५० करोड रूपैयाँ विनियोजन गरेको छ। महानगरले पार्क, आइल्याण्ड निर्माण, संरक्षण र वृक्षरोपणका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ।
आर्थिक वर्ष ०८०–८१को बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डंगोलले ुमेरो रहर, हरित सहरु योजनालाई गौरवको योजनाको रुपमा कार्यान्वयन गरिने बताइन्। यो कार्यक्रम मार्फत महानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण र वृक्षरोपण सम्बन्धी कार्य अभियानको रुपमा सञ्चालन गरिने उल्लेख छ।
यस्तै महानगरले विभिन्न संघसंस्था र निकायसँगको सहकार्यमा आगामी आर्थिक वर्षभरि नै वृक्षरोपण कार्यक्रमहरु अभियानको रुपमा सञ्चालन गर्ने भएको छ। अभियानका लागि अन्य संघसंस्था र निकायहरुसँग सहकार्य गर्न आवश्यक रकमको प्रबन्ध मिलाएको महानगरले जनाएको छ।