मधेसका शक्तिशाली २९ ‘घुमुवा प्रहरी’ पहाडी जिल्ला पठाइयो (सूचीसहित) - Chaitanya News
  • 2026-11-16
  • 12:54:34
  • सोमबार,मंसिर ०१, २०८३
  • मधेसका शक्तिशाली २९ ‘घुमुवा प्रहरी’ पहाडी जिल्ला पठाइयो (सूचीसहित)

    मधेसका शक्तिशाली २९ ‘घुमुवा प्रहरी’ पहाडी जिल्ला पठाइयो (सूचीसहित)

    काठमाडाैं – मधेस प्रदेशमा लामो समयदेखि कार्यरत घुमुवा प्रहरीहरू पहाडी जिल्लामा पठाइएको छ । प्रहरी आचरणविपरीतका गतिविधिमा संलग्न भएको आरोपमा मधेस प्रदेशका आठ जिल्लामा कार्यरत २९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले विभिन्न पहाडी जिल्लामा खटाएको हो ।

    लामो समयदेखि पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहलाई कालीकोट खटाइएको छ । बारामा कार्यरत सागरशमशेर जबरालाई रामेछाप खटाइएको छ ।

    धनुषामा कार्यरत सइ नागेन्द्र राउत अहिरलाई संखुवासभा, सर्लाहीका रामरेख राय यादवलाई दोलखा, सप्तरीका सुरेशकुमार यादवलाई भोजपुरमा खटाइएको छ ।

    अनुगमन प्रतिवेदन तथा अन्य स्रोतबाट आएका सूचनाका आधारमा उनीहरूलाई अन्यत्र जिल्लामा खटाइएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।

    गत महिना एआइजी मीरा चौधरीको नेतृत्वमा मधेसका आठ जिल्लामा गोप्य अनुगमन भएको थियो । टोलीले लामो समयदेखि कार्यरत प्रहरीका कारण सीमा क्षेत्रमा तस्करीलगायत विकृति रहेको प्रतिवेदन दिएको थियो ।

    सोही प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा मधेसका केही प्रहरीलाई अन्यत्र खटाइएको प्रवक्ता कडायतले जानकारी दिए । गत १ असारमा २४ घन्टाको समय दिएर रवाना दिन निर्देशन दिइएको थियो । सोहीअनुसार उनीहरूलाई खटाइएको जिल्लामा रवाना गरिएको छ ।

    उनीहरू राजनीतिक शक्ति केन्द्रको आडमा वर्षौँदेखि तराईका जिल्लामा कार्यरत थिए । पटक–पटक प्रहरी प्रधान कार्यालयमा उनीहरूविरुद्ध उजुरी परे पनि कारबाही हुन सकेको थिएन ।

    सीमा क्षेत्रमा क्षेत्रमा तस्करीलगायत विकृतिको छानबिन गर्न गत महिना प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई चार प्रदेशमा गोप्य रूपमा खटाएको थियो ।

    ।

    Nepal plice1
    police 2