वीर अस्पतालका ७ सय जनरल बेड बिरामीलाई निःशुल्क - Chaitanya News
  • 2026-05-03
  • 00:40:17
  • शनिबार,बैशाख १९, २०८३
  • वीर अस्पतालका ७ सय जनरल बेड बिरामीलाई निःशुल्क

    वीर अस्पतालका ७ सय जनरल बेड बिरामीलाई निःशुल्क

    काठमाडौं– शुक्रबारदेखि वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी पदाधिकारीको निर्णयले सबै जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।

    यसभन्दा अगाडि वीरमा जनलर बेडमा बस्दा प्रतिबेड दुई सय रुपयाँ लिने गरिएको थियो । ‘वीर अस्पताल गरिब र विपन्न वर्गका लागि भरोसाको केन्द्र हो। दुई सय रुपैयाँ तिर्नका लागि उनीहरुलाई सहज हुँदैन’ न्याम्सका रेक्टर डा। लोचन कार्कीले भने, ‘अन्य सेवा विस्तार गरेर भए पनि जनरल बेड निःशुल्क गर्ने निर्णय गरेका हौं।

    तर, ब्याबिन र आइसियू बेडको भने शुल्क लाग्नेछ। रेक्टर डा. कार्कीका अनुसार जनरल बेड सबै निःशुल्क गर्दा वार्षिक ५ करोड खर्च हुन्छ।

    शल्यक्रिया, सिटी स्क्यान लगायतका सेवा बढाउने तथा खर्चको मितव्ययिता गरेर जनरल बेड निःशुल्क गर्न लागिएको डा. कार्कीले बताए।

    सरकारले बिहीबार उपकुलपतिमा डा भुपेन्द्र बस्नेत, रेक्टरमा डा. लोचन कार्की, रजिष्ट्रारमा डा। ज्ञानेन्द्र शाह र डिनमा डा। अशेष ढुंगानालाई नियुक्त गरेको थियो।