सूचना र प्रविधिको विकासको लागि सरकार गम्भीर छ : मन्त्री शर्मा - Chaitanya News
  • 2026-05-02
  • 18:47:15
  • शनिबार,बैशाख १९, २०८३
  • सूचना र प्रविधिको विकासको लागि सरकार गम्भीर छ : मन्त्री शर्मा

    सूचना र प्रविधिको विकासको लागि सरकार गम्भीर छ : मन्त्री शर्मा

    काठमाडौं– सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सुचना र प्रविधिको विकासको लागि सरकार गम्भिर रहेको बताएकी छिन्।

    काठमाडौंमा आयोजित हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना र प्रविधिको काममा धेरै लोड भएता पनि सरकार गम्भीरता पूर्वक विकासको काममा लागेको बताएकी हुन्। उनले भनिन्,‘सूचना र प्रविधिको काममा अत्ति लोड छ। त्यो कामलाई हामीले सम्पन्न गर्नुपर्ने छ। यसको मतलब हामी गम्भीर छैनौँ भन्ने होईन्। विकासमा हामी गम्भीर छौँ।

    मन्त्री शर्माले तीनै तहको सरकारका लागि सुशासनको अभाव ठूलो समस्या रहेको भन्दै सुशाासन कायमका लागि डिजिटल प्रयोग धेरै महत्वपूर्ण रहेको टिप्पणी गरिन्। उनले सबै क्षेत्रसंग सहकार्य गर्ने संस्थाको आवश्यकता देखिएको बताइन्।