लोकसेवाको जाँचमा चिट चोर्दा एक महिलालाई एकवर्षे बन्देज - Chaitanya News
  • 2026-05-02
  • 11:46:18
  • शनिबार,बैशाख १९, २०८३
  • लोकसेवाको जाँचमा चिट चोर्दा एक महिलालाई एकवर्षे बन्देज

    लोकसेवाको जाँचमा चिट चोर्दा एक महिलालाई एकवर्षे बन्देज

    काठमाडौं– लोकसेवा आयोगको लिएको परीक्षामा चिट चोर्ने एक महिलालाई कारबाही गरिएको छ।

    गत बैशाख २७ देखि २९ गतेसम्म शाखा अधिकृत वा सो सरहको पदका लागि लिइएको लिखित परीक्षामा सहभागी सृजना पन्थी चिट चोर्दा कारवाहीमा परेकी हुन्। आयोगका उपसचिव एकनारायण शर्माका अनुसार पन्थीले प्रवेशपत्रको पृष्ठ भागमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको पाइएपछि कारवाही गरिएको हो।

    उनलाई लोकसेवा आयोग ऐन, २०७९ को दफा (४१) (२) (क) बमोजिम आयोगबाट सञ्चालन हुने परीक्षामा आगामी एक वर्षको लागि सहभागी हुन नपाउने गरी कारबाही गरिएको उपसचिव शर्माले जानकारी दिए।