यथास्थितिमा बजेट पारित गर्न दिईंदैन, अरु दलसँग एकता पनि गरिँदैन : उपेन्द्र यादव - Chaitanya News
  • 2026-05-02
  • 18:47:23
  • शनिबार,बैशाख १९, २०८३
  • यथास्थितिमा बजेट पारित गर्न दिईंदैन, अरु दलसँग एकता पनि गरिँदैन : उपेन्द्र यादव

    यथास्थितिमा बजेट पारित गर्न दिईंदैन, अरु दलसँग एकता पनि गरिँदैन : उपेन्द्र यादव

    काठमाडौं– सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी आर्थिक वर्षको बजेट यथास्थितिमा पारित नहुने बताएका छन्। पार्टी कार्यालय, बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले बजेट संशोधन हुनैपर्ने धारणा राखेका हुन्।

    उनले भनेका छन् ‘सत्तारुढ दलभित्र छलफलै नगरी बजेट ल्याइयो। बजेटलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्टि राखियो। यथास्थितिमा पारित गर्न दिईंदैन।’ बजेटले पूरै मधेशलगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको उनको आरोप छ।

    यादवले हालै घोषणा भएको समाजवादी मोर्चामा आबद्ध दलबीच पार्टी एकता नहुने जानकारी दिएका छन्। जसपाले यही १० गतेदेखि विधान अधिवेशन गर्न लागेको छ।