सुदूरपश्चिम औद्योगिक क्षेत्रमा २७ अर्ब बढी कर्जा प्रवाह - Chaitanya News
  • 2026-05-02
  • 18:48:13
  • शनिबार,बैशाख १९, २०८३
  • सुदूरपश्चिम औद्योगिक क्षेत्रमा २७ अर्ब बढी कर्जा प्रवाह

    सुदूरपश्चिम औद्योगिक क्षेत्रमा २७ अर्ब बढी कर्जा प्रवाह

    काठमाडौं– सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट औद्योगिक क्षेत्रमा २७ अर्ब बढी कर्जा प्रवाह भएको देखिएको छ।
    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअनुसार सुदूरपश्चिममा २०७९ पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा कर्जा प्रवाह ६.३१ प्रतिशतले वृद्धि भई.२७ अर्ब ३० करोड २५ लाख रुपैयाँ पुगेको छ।

    अघिललो वर्षको सोही अवधिमा भने कर्जा १९.७४ प्रतिशतले वृद्धि भएको थियो। कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाह कर्जाको अंश १८.१७ प्रतिशत रहेको छ।

    त्यस्तैै, कूल कर्जामध्ये विद्युत, ग्यास तथा पानी उत्पादन सम्बन्धी उद्योगमा सबैभन्दा बढी ३०४.४७ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको छ। कृषि वन तथा पेय पदार्थ सम्बन्धी उद्योगमा सबैभन्दा बढी ११.०३ प्रतिशतले ह्रास आएको छ।

    यस्तै, गैरखाद्यवस्तु सम्बन्धी उद्योगमा ३१.६७ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा २०.७६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा ३४.३१ प्रतिशत, विद्युत्, ग्याँस तथा पानी उद्योगमा ४.७५ प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ७.७५ प्रतिशत, खानीसम्बन्धी उद्योगमा ०.७६ प्रतिशत कर्जा प्रवाह हिस्सा रहेको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनअनुसार प्रदेशमा प्रवाह भएको कूल औद्योगिक कर्जामा सबैभन्दा बढी ७२.१२ प्रतिशत कैलाली जिल्लाको अंश रहेको छ भने बझाङ जिल्लाको अंश सबैभन्दा कम ०.३३ प्रतिशत रहेको छ।

    यसैगरी, कञ्चनपुर, अछाम, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला तथा बाजुराको अंश क्रमशः १८.२० प्रतिशत, ३.४२ प्रतिशत, ३.१५ प्रतिशत, १.३५ प्रतिशत, ०.५९ प्रतिशत, ०.४९ प्रतिशत र ०.३५ प्रतिशत रहेको छ।

    कुन जिल्लामा कति?