काठमाडौं– विश्वकप छनोट क्रिकेटमा वेस्ट इण्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ।
जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको आजको खेलमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन बनाएको हो।