काठमाडौं– नेपाल बैंक लिमिटेडले सञ्चालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ।
बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थ मन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई सञ्चालकमा नियुक्त गरेको हो।
बैंकको सञ्चालक समितिको निर्णयले काफ्लेलाई संचालकमा नियुक्त गरेको हो।
![]()