काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नभएको बताएका छन्।
बुधबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै शर्माले नेपालमा तत्काल रासायनिक मल कारखानाको नभई अर्गानिक मल काखानाको आवश्यकता रहेको बताएका हुन्।
‘आज रासायनिक मल कारखानाको कुरा आईराखेको छ। नेपालमा रासायनिक मल खारखानाको आवश्यक्ता छैन। अर्गानिक मल कारखानाको आवश्यक्ता छ,’ उनले भने।
सांसद शर्माले नेपालमै भएको स्रोत र साधन परिचालन गरेर अर्गानिक मल कारखाना नेपाल आफैले बनाउन सक्ने समेत बताए।
त्यसका लागि संघीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरु स्थापना गर्ने, कोल्डस्टोरहरु स्थापना गर्ने र स्थानीय सरकारले त्यसको उत्पादनमा जोड दिनुपर्ने उनले बताए।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका शर्माले कृषि अनुदानको दूरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराए।