१४औं साफ च्याम्पियनसिपको पहिलो हाफमा नेपाल दुई गोलले पछाडि - Chaitanya News
  • 2026-06-06
  • 15:45:54
  • शनिबार,जेठ २३, २०८३
  • १४औं साफ च्याम्पियनसिपको पहिलो हाफमा नेपाल दुई गोलले पछाडि

    १४औं साफ च्याम्पियनसिपको पहिलो हाफमा नेपाल दुई गोलले पछाडि

    बैंगलुरु– भारतको बेंगलुरुमा सुरु भएको १४औं साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेत विरुद्ध पहिलो हाफमै दुई गोलले पछि परेको छ।

    आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलिरहेको कुवेतले पहिलो हाफमा नेपालमाथि दबाब राख्दै दुई गोल गर्‍यो। २३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए। ३६ मिनेटमा कुवेतले अग्रता दोब्बर पार्ने अवसर गुमायो।
    कुवेतका फवाज अलोतावीको पासमा मोहम्मद अब्दुल्लाहको हेड प्रहार बारमा लागेर फर्कँदा अग्रता बढाउने अवसर गुमायो।

    अधिकांश समय नेपालको हाफमा बल खेलाएको कुवेतले ४१औं मिनेटमा दोस्रो गोल गर्‍यो। मोहम्मद अब्दुल्लाहको पासमा शबईब अलखल्दीले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए।

    यो गोलमा कुवेतले उत्कृष्ट खेल कला देखाएको थियो।

    अथ्बी सालेशले थ्रो बलमा उपलब्ध गराएको बलमा मोहम्मद अब्दुल्लाहको पासमा अलखल्दीले पेनाल्टी बक्समा विमल पाण्डेलाई छलाउँदै गोल गर्दा कप्तान किरणले रोक्ने कुनै अवसर पाएनन्।