बजेटले आईटी क्षेत्रलाई बेवास्ता गर्‍यो : स्वर्णिम वाग्ले - Chaitanya News
  • 2026-05-02
  • 17:39:48
  • शनिबार,बैशाख १९, २०८३
  • बजेटले आईटी क्षेत्रलाई बेवास्ता गर्‍यो : स्वर्णिम वाग्ले

    बजेटले आईटी क्षेत्रलाई बेवास्ता गर्‍यो : स्वर्णिम वाग्ले

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बजेटले आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका छन्।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका हुन्।

    सांसद डा।वाग्ले नेपालको अथाहा सम्भावना भएको भनिएको पर्यटन क्षेत्र भन्दा पनि ठूलो सम्भावना आईटी क्षेत्रमा रहेको बताए। उनले सरकारले बजेट आईटी क्षेत्र प्राथमिकता दिनसके मात्रै पनि आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउन सकिने बताए। उनले सरकार आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउने बाटोतर्फ लैजाने बजेटमार्फत कुनै सोच विचार नगरेको दाबी गरे।

    सांसद डा.वाग्लेले नेपालमा आईटी क्षेत्रको सम्भावना र विदेशको काम गर्ने नेपाली कति छन् भन्ने अध्ययन अहिलेसम्म नगरेको बताए। उनले निजी क्षेत्रबाट भएको अध्ययनको प्रारम्भिक तथ्यांकहरू सुन्दा नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने अनुमान गर्न सकिने बताए।

    सांसद वाग्लेले यति डाइनामिक सेक्टर नेपालमा रहेको दाबी गरे। उनले करिब ५१५ मिलियन डलरको आम्दानी नेपालमा बसेर वार्षिक रुपमा गराइरहेको बताए। उनले कम्पनीगत हिसाबले २०१ र फ्रि लेन्सरहरुबाट करिब ३१४ मिलियन रहेको बताए।