सरकारले बैंकको ब्याजदर तत्काल घटाउनुपर्छ : मेटमणि चौधरी - Chaitanya News
  • 2026-05-02
  • 17:39:35
  • शनिबार,बैशाख १९, २०८३
  • सरकारले बैंकको ब्याजदर तत्काल घटाउनुपर्छ : मेटमणि चौधरी

    सरकारले बैंकको ब्याजदर तत्काल घटाउनुपर्छ : मेटमणि चौधरी

    काठमाडौँ– सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले बैंकको ब्याजदर तत्काल घटाउनुपर्ने बताएका छन्।

    मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने उनले बताए।

    मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले बैंक ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भीर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने दाबी समेत गरे।

    प्रमुख सचेतक चौधरीले युवाहरूलाई दक्ष बनाएर मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारको ध्यानाकर्षण गराए।