सुदूरपश्चिम बझाङ दुर्घटना अपडेटः मामिलामन्त्री सिंह पत्नी र भाउजुको मृत्यु - Chaitanya News
  • 2026-11-18
  • 10:05:06
  • बुधबार,मंसिर ०३, २०८३
  • सुदूरपश्चिम बझाङ दुर्घटना अपडेटः मामिलामन्त्री सिंह पत्नी र भाउजुको मृत्यु

    सुदूरपश्चिम बझाङ दुर्घटना अपडेटः मामिलामन्त्री सिंह पत्नी र भाउजुको मृत्यु

    काठमाडौं– बझाङको केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

    सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको मृत्यु भएको हो।

    पाँच जना सवार गाडी कालङगा नदीको किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो। प्रहरीले तत्काल उद्धारगरी घाइतेलाई उपचारका स्थानीय रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा पुर्‍याएका थिए। तर उपचारका क्रममा अमृता र जयादेवीको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरीले बताए।

    उनका अनुसार मन्त्री पृथ्वी बहादुर सिंह, सवारी चालक धर्मराज जोशी र सुरक्षाअंग प्रहरी हवल्दार दिपक भण्डारीलाई भने थप उपचारका लािग बाँकेस्थित नेपालगंज मेडिकल कलेजमा लगिएको छ।