काठमाडौं– हिजो सामान्य घटेको सेयर बजार आज दोहोरो अङ्कले घटेर राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्स आज २६ दशमलव ५६ अङ्कले घटेर दुई हजार ६४ दशमलव ८३ बिन्दुमा झरेको छ।
लगानी, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरु सबै समूहको सेयर ओरालो लागेको छ। जलविद्युत्, विकास बैंक र बीमा समूहको सेयर उच्च अङ्कले घटेको छ। बजारसँगै कारोबार रकम पनि घटेको छ। दुई सय ६८ वटा कम्पनीका एक करोड सात लाख ९२ हजार कित्ता शेयर चार अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन्।
सबैभन्दा धेरै निफ्राको २० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो। आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ। समग्रमा बजार राताम्मे भएको दिन आज सिटी होटल, वीपीडब्ल्यू लघुवित्त र इङ्वाखोला जलविद्युत् कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।