काठमाडौं– आइसीसी विश्वकप छनोटमा अमेरिकाविरुद्धको खेलमा नेपाली बलर करण केसीले ४ विकेट लिएका छन्।
अमेरिकाको इनिङको पावरप्ले समेत नसकिँदै करणले ४ विकेट लिएका हुन्। यससँगै अमेरिका ब्याकफुटमा पुगेको छ।
करणले पहिले स्टिभन टेलरलाई एलबीडब्लु आउट गरे। त्यसपछि साइतेजा मुकामल्लालाई आरिफ शेखको हातबाट क्याच आउट गराए।
तेस्रो विकेटको रुपमा उनले कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए भने चौथो विकेटको रुपमा नोस्थुस केन्जीगेलाई आरिफ शेखको हातबाट क्याच आउट गराए।
१० ओभरको खेल सकिँदासम्म ४ विकेटको क्षतिमा मात्रै १९ रन बनाएको छ।