माओवादी केन्द्रसहित चार दलले घोषणा गरे समाजवादी मोर्चा - Chaitanya News
  • 2026-11-18
  • 09:55:54
  • बुधबार,मंसिर ०३, २०८३
  • माओवादी केन्द्रसहित चार दलले घोषणा गरे समाजवादी मोर्चा

    माओवादी केन्द्रसहित चार दलले घोषणा गरे समाजवादी मोर्चा

    काठमाडौं– सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे। लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे।

    समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन्। सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ। नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ।