काठमाडौं– बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली प्रतिकूल मौसमको कारण पाँचथरमा अवतरण हुन नसकेपछि विराटनगर प्रस्थान गरेको छ।
आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाको तुम्लिङटार गएको टोली त्यहाँबाट पाँचथर प्रस्थान गरेको थियो। तर प्रतिकूल मौसमका कारण पाँचथरमा हेलिकप्टर ल्याण्ड गर्न नसकेपछि विराटनगरतर्फ गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सिता गुरुङ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र बाढी प्रभावित जिल्लाका जनप्रतिनिधिहरु छन्।