काठमाडौं महानगरपालिका मेयरविरुद्ध मुद्दा दायर, ३० करोड क्षतिपूर्ति माग - Chaitanya News
  • 2026-11-18
  • 09:45:54
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौं महानगरपालिका मेयरविरुद्ध मुद्दा दायर, ३० करोड क्षतिपूर्ति माग

    काठमाडौं महानगरपालिका मेयरविरुद्ध मुद्दा दायर, ३० करोड क्षतिपूर्ति माग

    काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले काठमाडौं महानगरपालिका विरुद्ध उच्च अदातल पाटनमा रिट दायर गरेको छ। राजधानीको भृकुटीमण्डपमा जेठ ३० गते आयोजित शैक्षिक मेलामा रोक लगाएको विरोधमा हिसान ३० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अदालत पुगेको बताइएको छ।

    महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा भएको गैरकानुनी हस्तक्षेपपछि मेला बिथोलिएको आयोजकको भनाई छ। उनीहरुले कार्यक्रम बिथोलेर महानगरले गैरन्यायिक हस्तक्षेप गरेको आरोप लगाएका छन्। सभामुख देवराज घिमिरेले उद्घाटन गरेर फर्केको केही समयपछि महानगरका प्रहरी पुगेर कार्यक्रम सञ्चालनमा रोक लगाएका थिए।

    हिसानका अध्यक्ष रमेशकुमार सिलवालका अनुसार महानगरपालिकाले आफ्नो गल्तीबारे पहिले क्षमा माग्नुपर्ने र आयोजकलाई क्षतिपूर्ति वापत ३० करोड रुपैयाँ दिनुपर्ने मागदाबी गरिएको छ। महानगरले गरेको उक्त हस्तक्षेपको शैक्षिक क्षेत्रका अधिकांश संघ, संगठनले विरोध गर्दै आएका छन्।