सनराइज बैंकको वार्षिक साधारण सभा सम्पन्न - Chaitanya News
  • 2026-05-02
  • 17:24:34
  • शनिबार,बैशाख १९, २०८३
  • सनराइज बैंकको वार्षिक साधारण सभा सम्पन्न

    सनराइज बैंकको वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं– सनराइज बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभा आइतबार बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको हो।

    उक्त साधारण सभाले आव।२०७८–७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात तथा आव २०७८–७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन सहितका साधारण प्रस्ताव सहित सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको छ।

    प्रस्ताव अनुरुप सनराइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताव पारित गरिएको छ। आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ।