देशभर दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, १०२१ बिरामी भेटिए - Chaitanya News
  • 2026-09-20
  • 11:47:24
  • आइतबार,आश्विन ०४, २०८३
  • देशभर दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, १०२१ बिरामी भेटिए

    देशभर दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, १०२१ बिरामी भेटिए

    काठमाडौं– देशभर दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित भएका छन्। परिवार कल्याण महाशाखाकाअनुसार कालिकोटमा पनि दादुरा संक्रमण पुष्टि भएसँगै दादुरा प्रभावित जिल्लाको संख्या १७ पुगेको हो।

    कालिकोटको खाँडाचक्र नगरपालिकामा दादुरा ९ जना दादुराका शंकास्पद बिरामी भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ३२ जेठमा ४ जनामा बिरामीमा दादुरा पुष्टि भएको महाशाखाले जनाएको छ। उनीहरुको उमेर ६ महिनादेखि ३७ वर्षसम्म रहेको छ।

    यसअघि यही आर्थिक वर्षमा मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा मा दादुरा प्रकोप देखिइसकेको छ। महाशाखाकाअनुसार हालसम्म कुल १०२१ दादुराका बिरामी भेटिएका छन् र बाँकेको नेपालगञ्जमा दादुराबाट एक जनाको मृत्यु भएको छ।