आईसीसी विश्वकप छनोटमा नेपालद्वारा जिम्बाबेलाई २९१ रनको चुनौती - Chaitanya News
  • 2026-06-06
  • 13:51:30
  • शनिबार,जेठ २३, २०८३
  • आईसीसी विश्वकप छनोटमा नेपालद्वारा जिम्बाबेलाई २९१ रनको चुनौती

    आईसीसी विश्वकप छनोटमा नेपालद्वारा जिम्बाबेलाई २९१ रनको चुनौती

    काठमाडौं– आईसीसी विश्वकप छनोट खेलमा नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २९० रन जोडेको हो।

    नेपालका लागि सर्वाधिक कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्काका मद्दतमा ९९ रन जोड्दा आसिफ शेखले १०० बलमा ७ चौकाको मद्दतमा ६६ रन जोडेका थिए।

    यस्तै कुशल मल्लले ४२ बलमा २ चौकाको मद्दतमा ४१ रन र कप्तान रोहित पौडेलले २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन जोडेका थिए। आरिफ शेखले १०, गुल्सन झाले १३ जोडेका हुन् । अब केहीबेरमा जिम्बाबेले जवाफी ब्याटिङ गर्नेछ।