संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठीक ढंगले आएन : सचेतक पाण्डे - Chaitanya News
  • 2026-05-02
  • 17:24:22
  • शनिबार,बैशाख १९, २०८३
  • संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठीक ढंगले आएन : सचेतक पाण्डे

    संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठीक ढंगले आएन : सचेतक पाण्डे

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक ढंगले नआएको बताएका छन्। आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले राष्ट्रका प्राथमिकतालाई चयन गरेर बजेट निर्माण गर्न आग्रह गरे। उनले यसरी बजेट विनियोजन हुने क्रम २०७२ सालदेखि नै हुने गरेको बताए। पाण्डेले बजेट बनाउने प्रक्रियाकै बारेमा सदनमा आफूले कुरा गरिरहेको भन्दै बजेट बनाउने प्रक्रिया नमिलेको बताए। उनले बजेट बनाउने प्रक्रियालाई सच्याउने बताए।

    उनले भने, ‘यो बजेटलाई हेर्दा संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक ढंगले आएको छैन। तर यो अहिलेको आर्थिक वर्षको मात्रै कुरा होइन, यो २०७२ सालदेखिको हो। हामीले राष्ट्रका प्राथमिकतातर्फ फर्किनुपर्छ । हामी बजेट बनाउने प्रक्रियाकै बारेमा सदनमा कुरा उठाइरहेका छौँ। यो बजेट मिलेन, प्रक्रिया मिलेन। त्यसमा छलफल गर्दै छौँ। सम्भवतः यसलाई करेक्सन गर्नेछौँ। बजेटमा आएका वस्तुहरूलाई कार्यान्वयन गर्न दृढताकारसाथ लागौँ।’

    प्रमुख सचेतक पाण्डेले बजेटमा आएका वस्तुहरूलाई कार्यान्वयन गर्न दृढताकारसाथ लाग्नुपर्नेमा जोड दिए।