शेयर बजार ५२ अङ्कले बढ्यो, ६ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट - Chaitanya News
  • 2026-05-02
  • 17:23:28
  • शनिबार,बैशाख १९, २०८३
  • शेयर बजार ५२ अङ्कले बढ्यो, ६ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट

    शेयर बजार ५२ अङ्कले बढ्यो, ६ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट

    काठमाडौं– हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ। आज आइतवार शेयर बजार परिसूचक नेप्से ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३ विन्दुमा पुगेको छ।

    आज बैंकिङबाहेक सबै समूहको शेयर बढेर हरियाली हुँदा होटल तथा पर्यटन, बिमा, अन्य र जलविद्युत् समूहका शेयर उच्च अङ्कले बढेको छ।

    आज दुई सय ८० वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर चार अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको ३६ करोड ६४ लाख बराबरको शेयर किनबेच भयो।

    आज नेपाल इन्सुरेन्स, प्रभु लाइफ इन्सुरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मन्छ्याम हाइड्रो गरी छ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै आठ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढ्यो।

    समग्रमा बजार बढेको दिन आज शुभम् पावर कम्पनी र सिटिज म्युचल फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ। आज एक सय ९० वटा कम्पनीको शेयर बढ्दा २८ वटाको घटेको छ भने चार वटाको शेयर घटबढ भएन।