ड्राई सिजनका कारण ७० प्रतिशत विद्युत् उत्पादन घट्यो : घिसिङ - Chaitanya News
  • 2026-11-18
  • 09:41:28
  • बुधबार,मंसिर ०३, २०८३
  • ड्राई सिजनका कारण ७० प्रतिशत विद्युत् उत्पादन घट्यो : घिसिङ

    ड्राई सिजनका कारण ७० प्रतिशत विद्युत् उत्पादन घट्यो : घिसिङ

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदयाम (ड्राई सिजन)का कारण ७० प्रतिशतले विद्युत् उत्पादन घटेको बताएका छन्। एउटा हाइड्रोबाट सिजनमा तीन हजार किलोवाट विद्युत् उत्पादन हुनेमा अहिले सो घटेर १ हजारको हाराहारीमा झरेको बताउँदै कार्यकारी निर्देशक घिसिङले बजारको डिमान्ड धान्न मुस्किल परेको बताए।

    ‘अहिले दैनिक बजारको माग २ हजार मेगावाटको छ। सन् २०३० सम्ममा यस्तो डिमान्ड ५ हजार मेगावाट पुग्ने अनुमान छ। तर, हिउँदमा यति डिमान्ड पुरा हुँदैन, बाहिरबाट किन्नुपर्ने बाध्यता छ’ घिसिङले भने, ‘५ हजार मेगावाटको डिमान्ड फूलफिल गर्न पनि हामीले अब कम्तीमा १५ हजार मेगावाट उत्पादन क्षमता पु¥याउनुपर्छ।

    यो हिउँदका लागि मात्र भएकाले बखायाममा १५ हजार मेगावाट नै उत्पादन हुँदा १० हजार मेगावाट बढी हुने हुँदा निर्यात गर्ने बाटो खोजिएको उनले बताए।

    हाल उत्पादित जलविद्युत एकतिहाईमा खुम्चिन पुग्दा विद्युत् सप्लाइमा समस्या आएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ। अन्डरभोल्टेज विद्युत् सप्लाई भइराख्दा थप गर्मीका कारण एसी, फ्यान, कुलर लगायतका उपकरणहरुको बढी प्रयोगले समेत समस्या आएको उनले बताए।