दोस्रो विकेटमा आसिफ ६६ रन बनाउँदै आउट - Chaitanya News
  • 2026-06-06
  • 13:50:18
  • शनिबार,जेठ २३, २०८३
  • दोस्रो विकेटमा आसिफ ६६ रन बनाउँदै आउट

    दोस्रो विकेटमा आसिफ ६६ रन बनाउँदै आउट

    काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले दोस्रो विकेट पनि गुमाएको छ। नेपालले ३३.५ ओभरमा एक सय ७४ रन बनाउँदै दोस्रो विकेट गुमाएको हो।

    ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ९९ रनमा आउट भएलगत्तै अर्का ओपनर आसिफ शेख पनि ६६ रनमा पेभेलियन फर्किएका थिए। आसिफले एक सय बलको सामना गरी सात चौका हिर्काएका थिए। कुशलले भने ९५ बलको सामना गरी दुई छक्का र १३ चौका प्रहार गरेका थिए।
    हाल कुशल मल्ल १२ र रोहित पौडेल शून्य रनमा क्रिजमा छन्। पछिल्लो समय नेपालले ३५ ओभरमा दुई विकेट गुमाएर एक सय ८४ रन बनाएको छ।