डडेल्धुराको जंगलमा बम फेला - Chaitanya News
  • 2026-11-18
  • 09:02:08
  • बुधबार,मंसिर ०३, २०८३
  • डडेल्धुराको जंगलमा बम फेला

    डडेल्धुराको जंगलमा बम फेला

    काठमाडौं– डडेल्धुराको जंगलमा बम फेला परेको छ।

    आलिताल गाउँपालिका–१, रतनटुडास्थित चित्रकुट सामुदायिक वनभित्र बम फेला परेको हो। स्थानीय ४५ वर्षीय भक्तबहादुर बोहराले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    बाख्रा चराउन वनमा गएका बोहराले खबर गरेपछि घटनास्थल गएको प्रहरीले फेला परेको बम ८१ मोटर सेलको रहेको पहिचान गरेको थियो। अहिले दह ब्यारेकबाट सेनाको टोली उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

    उनीहरूले बम डिस्पोज गर्ने तयारी गरेको डडेल्धुराका डीएसपी मनोहर भट्टले जानकारी दिए।